Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतीय प्रधानमन्त्री मोदी आ अमेरिकी राष्ट्रपति ट्रम्पबीच व्यापारमा केन्द्रित रहेर भेटवार्ता





एजेन्सी ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् । व्यापार र अन्य विषयमा छलफल गर्नका लागि राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीले ह्वाइट हाउसमा भेट गरेका हुन् ।
भेटमा दुई देश बिचको व्यापार सुमधुर बनाउन अमेरिकी तेल र ग्यास भारतले आयात गर्ने विषयमा छलफल भएको ट्रम्पले बताएका छन् । ट्रम्पले धेरै देशलाई पारस्परिक भन्सार महसुल लगाइरहेको समयमा यो वार्ता भएको हो ।
यसअघि सन् २०१९ मा मोदी भारत भ्रमणमा गएका थिए। सो समयमा उनको स्वागतका लागि भव्य कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रमलाई हाउडी मोदीको नाम दिइएको थियो। यसले भारतलाई पनि सुपर पावरको रूपमा स्वीकार गरेको प्रस्ट पारेको थियो ।
अन्तर्राष्ट्रिय डायस्पोरामा मोदीको व्यक्तित्व र उनको उचाइको चर्चा भएको थियो । यस ५ वर्षको बिचमा मोदी र ट्रम्पको सम्बन्ध सुमधुर भए पनि अमेरिका र भारतको सम्बन्ध केही जटिल पनि बनेको थियो । गत वर्षको निर्वाचनमा मोदीको लोकप्रियता खस्किएको थियो भने भारतीय अर्थतन्त्रमा पनि केही समस्या आएको जनाइन्छ ।
अन्तर्राष्ट्रिय लगानीकर्ताले भारतीय बजारबाट पैसा झिकेको समय भएकाले अहिले पनि भारतीय अर्थतन्त्रमा केही समस्या छ । ५ वर्षको अन्तरालमा यस पृथक् परिवेशमा हुने आटेको वार्तामा मोदीको पहिले चाहना अहिले अमेरिकाले अन्य देशका समानमा लगाएको भन्सार महसुलको जस्तो भारतीय सामानमा थप महसुल नलगाइयोस् भन्ने मोदीको चाहना हो । यस भेटमा प्रविधि, रक्षा र ऊर्जाको विषयमा छलफल हुने जनाइएको छ ।