Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डको कार्यबाहक अध्यक्षमा अशोक दत्त





जनकपुरधाम ।
क्यान्सर रोगबाट विरामी भइ उपचारमा रहनु भएका मैथिलीका चर्चित गीतकार अशोक दत्तलाई चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्ड मधेशको कार्यबाहक अध्यक्षमा तोकिएको छ । गृह सञ्चार तथा कानुन मन्त्रालयले प्रदेश सञ्चार सम्बन्धि ऐन २०७७ को दफा ९ बमोजिम आजैका दिन देखि दत्तलाई नियुक्ति गरिएको जानकारी मन्त्रालयले दिएको छ ।
बोर्डका अध्यक्षले राजिनामा दिएपछि सो पद खाली रहेको थियो । दत्त बोर्डको सदस्य रहेकाले नयाँ अध्यक्षको नियुक्ति नभएसम्मका लागि तोकिएको मन्त्रालयको पत्रमा उल्लेख रहेको छ ।
दत्त एक वर्षदेखि क्यान्सर रोगबाट बिरामी रहेका छन् ।