Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सहसचिवका लागि ११ जनाको नाम सिफारिस





काठमाडौ।

नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) का लागि ११ जनाको नाम सिफारिस भएको छ । लोक सेवा आयोगले लिखित र अन्तरवार्ता प्रक्रियाद्वारा ११ जना र तीन जना वैकल्पिक उम्मेदवारको नाम सिफारिस गरेको हो ।

यसरी बढुवाका लागि सिफारिस हुनेहरूमा काठमाडौँ चन्द्रागिरिका रोशा ज्ञवाली, सुर्खेत वीरेन्द्रनगरका रोशन पुरी, पर्वत फलेवासका मोतीराम सापकोटा, धादिङ बेनीघाटकी सिर्जना थपलिया, कञ्चनपुर भिमदत्तका धर्मराज जोशी, स्याङ्जा आँधीखोलाका धोकलराज ढकाल, स्याङ्जा अर्जुनचोपारीका हेमराज अर्याल, गुल्मी मालिकाका मुक्तिराम अर्याल, ओखलढुंगा सिद्धिचरणका रुद्र कार्की, कास्की पोखराका ध्रुव गरी र स्याङ्जा पुतली बजारका टकनाथ लम्साल रहेका छन् ।

वैकल्पिक उम्मेदवारहरूमा स्याङ्जा काली गण्डकीका विजय राना, दैलेख दुल्लुका धर्मराज रोकाया र स्याङ्जा आँधिखोलाका प्रविन ढकाल रहेका छन् । लोक सेवा आयोगको सिफारिससँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुको बढुवा गर्नेछ ।