Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

इंग्लैण्डविरुद्धको श्रृंखलामा भारतको क्लिन स्वीप





एजेन्सी ।
भारतले इंगलैण्डसँगको तीन खेलको श्रृंखला क्लिन स्वीप गरेको छ । अन्तिम खेलमा भारतले इंगलैण्डलाई १ सय ४२ रनले हराउँदै श्रृंखलामा क्लिन स्वीप गरेको हो ।
अहमदवादमा भएको दिवा र रात्रि खेलमा ३सय ५७ रनको लक्ष्य पछ्याएको इंगलैण्ड ३४ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै २सय १४ रनमा सीमित भएको थियो । भारतका हर्षित राना, आर्शदीप सिंह, हार्दिक पाण्डे र अक्षर पट्टेलले समान २/२ विकेट हात पारे। हर्षित रानाले ५ ओभरमा ३१ रन खर्चिदा आर्सदीप सिंहले ५ ओभरमा ३३ रन दिए । यसैगरी हार्दिक पाण्डेले ५ ओभरमा ३८ रन दिँदा अक्षर पट्टेलले ६.२ ओभरमा २२ रनमात्र खर्चिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा सबै विकेट गुमाएर ३५७ रन बनाएको थियो। भारतका लागि शुभमन गिलले १०२ बलमा ११२ रन जोडे। उनी अन्तिम खेलको प्लेयर अफ द म्याच तथा प्लेयर अफ द सिरिज घोषित भए। यसैगरी, श्रेयास ऐयारले ६४ बलमा ७८, विराट कोहलीले ५५ बलमा ५२ तथा लोकेश राहुलले २९ बलमा ४० रन जोडे ।
दुई खेल चार–चार विकेटले विजयी भएको भारतले अन्तिम खेलमा १४२ रनको शानदार जित निकाल्दै शृङ्खला ३–० ले आफ्नो पक्षमा पारेको हो ।