Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पशुपति बालुवाखानी भ्रष्टाचार, एमाले नेता कुइँकेललाई ६ वर्ष जेल सजाय





काठमाडौ।

पशुपति क्षेत्र विकास कोषको जग्गा भाडामा दिँदा ४६ करोड रुपैयाँ भ्रष्टाचार भएको भन्दै परेको मुद्दामा सर्वोच्च अदालतले एमाले नेता कुमार कुँकेलसहित ९ जनालाई दोषी ठहर गरेको छ।

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव हुँदा बालुवाखानी सञ्चालनसम्बन्धी ठेक्कामा निर्णय गरेका कुइँकेललाई सर्वोच्चले ६ वर्ष कैद सजाय तोकेको छ।

उक्त मुद्दामा कुइँकेलले ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको सर्वोच्चले ठहर गरेको हो।

विशेष अदालतबाट पनि उनलाई त्यति नै जरिवाना सुनाइएको छ। तत्कालीन नेकपा एमाले काठमाडौँ–४ का अध्यक्ष निर्मल कुइँकेल जोडिएको उक्त भ्रष्टाचार मुद्दामा माघ १० गते देखि अन्तिम सुनुवाइ सुरु भएको थियो । न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले यो निर्णय गरेको हो।

त्यस्तै पशुपति क्षेत्र विकास कोषका अर्का सदस्य सचिव सुशील नाहाटालाई पनि सर्वोच्चले ६ वर्ष कैद सजाय सुनाएको छ । ९१ लाख ६३ हजार रुपैयाँ  भ्रष्टाचार गरेको ठहर्दै सर्वोच्चले उनलाई त्यति नै जरिवाना पनि सुनाएको छ।