Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रेडक्रसका कर्मचारीले खोसे पदाधिकारीको गाडी, लगाए कार्यकक्षमा ताला





काठमाडौं।

नेपाल रेडक्रस सोसाइटीका कर्मचारीले पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् ।

रेडक्रसको अन्तराष्ट्रिय महासंघ (आइएफआरसी) ले समानान्तर रुपमा रहेका दुई कमिटीलाई नै मान्यता नदिएपछि कर्मचारीहरुले पदाधिकारीको कार्यकक्ष तालाबन्दी गरेका हुन् ।

संस्थामा सुदर्शन नेपाल र विशाल भण्डारी नेतृत्वका दुई कार्यसमिति छन्। विवादका कारणले निर्वाचन हुन नसक्दा संस्थामा तदर्थ समिति छन् । नेपाल रेडक्रस सोसाइटी विवादित बनेपछि रेडक्रसको अन्तराष्ट्रिय महासंघ (आइएफआरसी) ले दुबै पक्षलाई मान्यता नदिने पत्र लेखेको थियो ।

आइएफआरसीको नेपाल स्थित कार्यालयले सरोकारवालाहरुसँग राउण्ड टेबल बैठक गरेता पनि तार्किक विवाद मिल्न सकेको थिएन । वार्तालाई निरन्तरता दिनुपर्ने र निष्कर्षमा पुग्न दवाव सृजना गर्नका लागि संस्थाको स्रोत साधानहरु प्रयोग गर्न रोकिएको कर्मचारी संघका अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाले जानकारी गराए ।

कार्यकारिणीको कार्यकक्ष कर्मचारी संघले मंगलबारदेखि बन्द गरिदिएको छ । वर्तमान तदर्थ समितिले गरेको निर्णय कर्मचारीहरुलाई मान्य नहुने तिमिल्सिनाले विज्ञप्ति निकालेर जानकारी गराएका छन् ।

मानवीय सेवाका लागि नेपाल रेडक्रस २०२० साल भदौ १९ गतेदेखि नेपालमा सुरु भएको थियो । संस्था दर्ता ऐन २०३४ अनुसार सञ्चालित नेपाल रेडक्रसले नियमित अधिवेशन गर्न सकेको छैन । संस्थामा अनियमितता भएको भन्दै गृह, परराष्ट्र, महिला तथा बालबालिका, समाज कल्याण, काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी परेका छन् ।

हेर्नुहोस् कर्मचारीको सूचना :

https://www.youtube.com/watch?v=jDsRuxkN5Tc&t=1260s