Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

वित्तीय समानीकरण अनुदान कटौति गर्न लागिएको भन्दै नगरपालिका संघ र गाउँपालिका महासंघको आपत्ति





काठमाडौँ ।
संघीय सरकारले वित्तीय समानीकरण अनुदान कटौति गर्न लागेको भन्दै स्थानीय तहहरुको संस्थाले आपत्ति जनाएका छन् ।
गाउँपालिकाहरुको संस्था गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नगरपालिकाहरुको संस्था नेपाल नगरपालिका संघले संयुक्त विज्ञप्ति जारी गर्दै वित्तीय समानीकरण अनुदान कटौति नगर्न संघीय सरकारलाई खबरदारी गरेका हुन् ।
संघीय सरकारले समानीकरण अनुदानको तेस्रो किस्ता भुक्तानी गर्दा विनियोजित रकमको २५ प्रतिशत रकम उपलब्ध गराउनु पर्नेमा १३.२४ प्रतिशत मात्रै भुक्तानी गर्न लागेको भन्दै महासंघ र संघले आपत्ति जनाएका हुन् ।
संघीय सरकारले माघ २८ गते देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलाई पत्राचार गर्दै वित्तीय समानीकरण अनुदानको १३.२४ प्रतिशतले हुन आउने रकम मात्रै भुक्तानी गर्न भनेको छ । लक्ष्य अनुसारको राजस्व असुली नभएको भन्दै संघीय सरकारले यस्तो निर्णय गरेको हो ।
संघीय सरकारले गरेको यो निर्णयको विरोधमा स्थानीय तहहरु उत्रिका हुन् । अनुदान कटौतिले संघीयता कार्यान्वयनमै प्रतिकुल प्रभाव पार्ने भन्दै सो निर्णय कार्यान्वयन नगर्न नगराउन महासंघ र संघले आग्रह गरेका हुन् ।