Breaking 
बृहत्तरका अध्यक्ष शितल साह पक्राउ, कर्मचारीलाई किर्ते हस्ताक्षर गरी बर्खास्त गरेको आरोप | कांग्रेस सभापति देउवाले भने– अरुले भनेर अवकाश बारे निर्णय लिने होइन | रेलमा ठोक्किएर एक जनाको मृत्यु | १५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान | सर्वोच्चमा ३ न्यायाधीश नियुक्त | धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारी, अधिकृत रामलोचन मंडलसमेत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा | निधि भर्सेज महासेठ दम्पत्ति | विपक्षी दलले आजपनि गरे मधेस प्रदेशसभाको बैठक अवरुद्ध | पूर्वराजा ज्ञानेन्द्रले भने– अहिले नेपाल र नेपालीकालागि प्रार्थना गर्ने समय हो | अमेरिकाक सभसँ बडका हतियार ‘डलर’केँ वैश्विक मुद्रा बनएकेँ इतिहास |

विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए





जनकपुरधाम ।
धनुषाको विदेह नगरपालिकामा एकजना शिक्षिकालाई हाजिर गराएपछि विवाद उत्पन्न भएको छ । सो घटनालाई लिएर प्रशासकीय अधिकृत ई.दिपेन्द्रकुमार साहलाई कुटपीट समेत गरिएको छ ।
विदेहका मेयर बेचन दासका छोरा रामभजन दासले कुटपीट गरेको आरोप प्रशासकीय अधिकृत साहले लगाएका छन् ।
घटनापछि प्रशासकीय अधिकृत साहले शान्तिसुरक्षा माग्दै जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदन दिएका छन् । मेयर दासले समेत प्रहरीको उपस्थितिमा आफूलाई गोली हान्ने धम्की दिएको भन्दै प्रशासकीय अधिकृतले कुटपिट गर्ने तथा धम्की दिने मेयर र उनका छोरालाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृतका अनुसार, शिक्षा सेवा आयोगबाट सिफारिस भएकी नि.मा.वि.सामाजिक शिक्षिका पवन कुमारीलाई हाजिर गराउँदा मेयरका छोरा रामभजन दास रिसाएका थिए ।
सोमबार सोही विषयलाई लिएर रामभजनले गालीगलौज, धाकधम्की तथा कुटपिट गरेको प्रमुख प्रशासकीय अधिकृतको बताए । सो घटनामा अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन् ।