Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या





रुकुम

रुकुम पूर्वमा आठ महिने नाबालकसहित दुई जनाको हत्या भएको छ। भूमे गाउँपालिका–४ को साकिम भन्ने ठाउँमा मंगलबार आठ महिने नाबालकसहित दुई जनाको हत्या भएको अवस्थामा शव फेला परेको हो।

घटनास्थलबाट केही पर हत्या आरोपीको पनि शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी इन्सपेक्टर हिमबहादुर केसीले जानकारी दिए।

हिजो (मंगलबार) दिउँसो ३ बजेतिर भूमे गाउँपालिका–४ को साकिम निवासी ६० वर्षीया ढाँटी बुढा र उनका ८ महिने नाती समिरको हत्या भएको हो।

सोही ठाउँका ५१ वर्षीय चन्द्रसिंह पुनले उनीहरूको हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

‘घर नजिकै बाटोमा सामान्य विवादको क्रममा पुनले हजुरआमा र नातीलाई एकसाथ धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन्,’ इन्सपेक्टर केसीले नेपालखबरसँग भने, ‘उनीहरुको हत्यापछि भाग्ने क्रममा आरोपी पुनको पनि भिरबाट खसेर मृत्यु भएको अवस्थामा शव फेला परेको छ। हामी घटनाको थप अनुसन्धान गर्दैछौँ।’

पुनको शव भिरबाट करिब २५ मिटर तल खुलखुले खोलामा खसेको अवस्थामा फेला परेको उनले बताए। ‘आरोपी भाग्ने क्रममा भिरबाट लड्दा अथवा फाल हान्दा मृत्यु भएको अनुमान हाम्रो छ,’ इन्सपेक्टर केसीले भने, ‘हजुरआमा र नातीको हत्या भएको स्थान र आरोपीको शव फेला परेको ठाउँ झण्डै तीनसय मिटरको दुरीमा छ।’

प्रत्यक्षदर्शीले प्रहरीलाई बताएअनुसार हजुरआमा ढाँटी बुढा नातीलाई पिठ्युमा बोकेर बाटोमा निस्किएको बेला पुनले खुकुरीले प्रहार गर्दा घटनास्थलमै उनीहरुको मृत्यु भएको हो।

आरोपी पुन गाउँमा धामी, झाँक्रीको काम गर्ने व्यक्ति हुन्। पीडित परिवार र आरोपीको घर झण्डै एकसय मिटरको दुरीमा छ। दुई परिवारबीच सामान्य मनमुटावमेत रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

मारिने नाबालकका बुवाआमा पनि घरमै छन्। हजुरआमा र नातीको हत्या हुँदा उनीहरु घरबाहिर काममा गएका प्रहरीले जनाएको छ।