Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु





काबुल।

उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर मंगलबार भएको बम विस्फोटमा कम्तीमा ६ को मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।

कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरमा तलब लिन बैंकबाहिर लाइन बसेका मानिसहरूलाई लक्षित गरी आत्मघाती आक्रमण भएको अफगान प्रहरीले जनाएको छ । मारिनेमा सर्वसाधारण, सरकारी कर्मचारी र तालिबान सुरक्षा बलका सदस्य छन् ।

हमलामा घरेलु विस्फोटक उपकरण प्रयोग भएको कुन्दुज प्रान्तका प्रहरी प्रवक्ता जुमादिन खाक्सरले बताए । उनका अनुसार विस्फोटक पदार्थ बोकेका व्यक्तिले भीडमा पुगेर आफैंलाई विस्फोट गराएका थिए ।

कुन्दुज प्रान्त प्रहरी कमान्डले घटनाका दोषीहरूलाई पत्ता लगाउन र न्यायको कठघरामा ल्याउन सम्बन्धित संस्थाहरूसँग काम गरिरहेको छ,’ खाक्सरले भने ।

गत वर्षको मार्चमा इस्लामिक स्टेट (आइएस) को क्षेत्रीय शाखाले गराएको आक्रमणपछि यो दोस्रो घटना भएको बताइएको छ । मंगलबारको आक्रमणको भने अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन ।

सन् २०२१ मा अमेरिका समर्थित सरकारलाई हटाएर तालिबानले शासन सत्ता चलाएपछि अफगानिस्तानमा बम विस्फोट र आत्मघाती आक्रमणका घटना छिटपुट भएका छन् ।