जनकपुरधाम ।
धनुषाको शहीदनगरबाट गत ६ दिनदेखि हराइरहेका एक बालक फेला परेपछि धनुषा प्रहरीले बालकलाई परिवारजनलाई आज जिम्मा लगाएको छ ।
माघ २४ गते बिहान ९ बजेदेखि शहिदनगर नगरपालिका वडा नम्बर ३ घर भई हाल जनकपुर उप–महानगरपालिका वडा नम्बर १९ पुलचोक स्थित डेरा गरी बस्ने राजकुमार पंजियारको छोरा वर्ष १२ को अमरकुमार पंजियार हराइरहेका थिए । बालक अमरलाई आजै बुबा राजकुमारको जिम्मा जिल्ला प्रहरी कार्यालय धनुषाको प्रागंणमा लगाइएको छ ।
शुरुमा बालकलाई अपहरण गरिएको शंका गरिएको थियो तर प्रहरीले अपहरण नभएको बताएको छ ।