जनकपुरधाम ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संविधान, संघीयता, अधिकार क्षेत्र र संघीयताको विशेषताहरू जस्ता विषयमा विद्यार्थीहरूलाई प्राध्यापन गर्ने निर्णय गरेका छन् ।
यसका लागि उनले राजर्षि जनक विश्वविद्यालयअन्तर्गतको आंगिक क्याम्पसमा प्राध्यापकका रूपमा कक्षा सञ्चालन गर्ने प्रस्ताव पठाएका छन् ।
सभामुख मण्डल पूर्व शिक्षक पनि हुन् । उनी अब पुनः प्राध्यापन पेशामा फर्कन चाहन्छन् । उनका प्रमुख स्वकीय सचिव रमेश कुमार मण्डलका अनुसार सभामुखले विश्वविद्यालयमा संविधान, संघीयता, विश्वभरका संघीयताका उदाहरणहरू जस्ता विषयमा पढाउनेछन् ।
उनले भने, ‘राजनीतिका कारण आफ्नो पुरानो प्राध्यापन पेशा छुटेको थियो । अहिले सभामुख मण्डल राजनीतिमा सक्रिय नरहेकाले संघीयताबारे फैलिरहेको नकारात्मक प्रचारलाई चिर्ने प्रयासका रूपमा यस कदमलाई लिएका छन् ।’