Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता





जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ कदम चौकका ५६ वर्षीय विश्वनाथ महतो भारत बिहार राज्यको सिमरिया गंगा घाटबाट हराई रहेका छन् । पारिवारिक धार्मिक कार्य अन्तर्गत गंगा नदीमा अस्थी विसर्जन गर्न गएको बेलादेखि उनी बेपत्ता भएका हुन् ।
माघ १० गतेका दिन महतो गंगा नदीको किनारमा पुगेका थिए । विसर्जनको कार्य सम्पन्न भएपछि परिवारले महतोलाई घाटमा फेला पार्न सकेनन् । विभिन्न स्थानमा खोजतलास गरिए पनि हालसम्म उनीबारे कुनै जानकारी प्राप्त भएको छैन ।
परिवारले स्थानीय प्रहरीलाई घटनाबारे जानकारी गराइसकेका छन् । भारतको सिमरिया गंगा घाटमा खोज कार्य भइरहेको भए पनि महतोको विषयमा जानकारी प्राप्त भएको छैन ।