Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

नक्टाझिजमा दुर्घटनामा परेर शिक्षकको मृत्यु, मिथिला नगरपालिकामा शोक





जनकपुरधाम ।
धनुषामा भएको सवारी दुर्घटनामा एक शिक्षकको मृत्यु भएको छ । मिथिला नगरपालिका–४ पुष्पवलपुर निवासी पूर्णबहादुर विश्वकर्माको सोमबार राति सवारी दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनी स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार जनकपुरधामबाट ढल्केबरतर्फ आउँदै गर्दा राति करिब ९ बजे उनले चलाएको मधेश प्रदेश ०२ ००७प ५०२० नम्बरको स्कुटी मिथिला नगरपालिका–२ नक्टाझिजमा दुर्घटनामा परेको थियो । गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि तत्काल जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनामा विश्वकर्मा सवार स्कुटीलाई ठक्कर दिएको आशङ्कामा बा. १८ च. ८७६८ नम्बरको स्कर्पियो गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शिक्षक विश्वकर्माको असामयिक मृत्युले स्थानीय समुदायमा गहिरो शोक छाएको छ । उनको मृत्युको शोकमा मिथिला नगरपालिकाभरिका सामुदायिक र संस्थागत विद्यालयमा मङ्गलबार एक दिनको शोक बिदा दिइएको छ । शिक्षक विश्वकर्मा धनुषाको रेडियो स्वागतममा समेत कार्यरत थिए । उनी रेडियो स्वागतममा लोकमञ्जरी नामक कार्यक्रमका प्रस्तोतता थिए ।