Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

फेसबुकले जुराएको नमुना जोडी

२.५ फिट अग्ला बेहुला ३.५ फिट अग्ली बेहुली





रोहतक ।

भारतीय राज्य हरियाणामा २.५ फिट अग्ला जसमेर सिंह र ३.५ फिट अग्ली सुप्रीत कौरको विवाह चर्चाको विषय बनेको छ।

फेसबुकमार्फत भेटेका हरियाणाको कुरुक्षेत्र निवासी जसमेर सिंह उर्फ ​​पोला मलिकले जालन्धर निवासी सुप्रीत कौरसँग गुरुद्वारा साहिबमा विवाह गरेका हुन्।

भारतीय पत्रिकाका अनुसार विवाहपछि दुवै परिवारले कुरुक्षेत्रमा पार्टी आयोजना गरे।

विवाहपछि पोला र सुप्रीतले नाचिरहेका भिडिओ पनि सार्वजनिक भएका छन्।

उनीहरूको भेट डेढ वर्षअघि फेसबुकमा भएको बताइएको छ।

डेढ वर्षपछि दुवैले एकअर्कासँग विवाह गर्ने निर्णय गरे। विवाहअघि सुप्रीत धेरैपटक पोला मलिकलाई भेट्न उनको गाउँ आइन्।

उनीहरूले आआफ्ना आमाबाबुसँग प्रेमविवाह गर्ने कुरा सुनाए।

त्यसपछि दुवैका परिवारले विवाहको लागि सहमति जनाए। पोला मलिक कुरुक्षेत्रको पेहोवा उपविभागको सारसा गाउँकी बासिन्दा हुन्।