Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रौतहटमा हुने मधानी महोत्सवमा महाकुम्भमा भाइरल भएकी मोनालिसा आउने





जनकपुरधाम ।
भारतको उत्तर प्रदेशस्थित प्रयागराज महाकुम्भमा रुद्राक्ष माला बेच्दाबेच्दै भाइरल भएकी मोनालिसा नेपाल आउने भएकी छन् ।
रौतहटको मोलापुरमा आयोजना हुने मधानी महोत्सवमा उनी आउन लागेकी हुन् । मोनालिसाले मधानी महोत्सवमा आउन लागेको भिडियो बनाएकी छन्, जुन भिडिओ सांसद प्रभु साहले सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
सांसद साहकी श्रीमती रिना साह मौलापुर नगरपालिकाकी प्रमुख हुन् । उनले हरेक वर्ष महाशिवरात्रिको अवसरमा मधानी महोत्सव आयोजना गर्दै आएकी छन् । सांसद साहले ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र एवं मोनालिसाको आगमनले महोत्सवको आकर्षण थप बढाउने बताएका छन् ।
महोत्सव फाल्गुन ११ देखि १५ गतेसम्म चल्नेछ । फाल्गुन १४ मा मधानी सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ ।