Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु – पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो





काठमाडौ ।

वार्ताबाट समस्या समाधान गर्न सरकार इमानदार नभएको भन्दै नो केवलकार समुहले आन्दोलनको घोषणा गरेका छन ।

सोमबार पत्रकार सम्मेलन गरी माघ २९ गतेदेखि आन्दोलन गर्ने जनाएका छन्। पत्रकार सम्मेलनमा संघर्ष समितिको तर्फबाट बोल्दै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतोले अब आफू ८ गते मुकुमलुङ पद यात्रा गर्ने बताएका छन ।

आन्दोलनको कार्यक्रम मध्ये फागुन ६ देखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ घोषणा गरिएको छ । उहाँले बोल्ने क्रममा भन्नुभयो ८ गते समाजिक न्याय दिवस हो त्यस अवसरमा मुन्धुम सभ्यता, मुकुमलुङको न्यायको निम्ति म त्यहा जान्छु, तपाईंहरु पनि जाओ र विशाल पद यात्रा गरौं । अब लिम्बू एक्लै लडदैन, अब कुनै समुदाय एक्ला एक्लै लडनु जरुरी छैन। डिभाइड एन्ड रुल अब चल्दैन । छुट्टाछुट्टै लडोस भनेर नै कोहि कोहि बहारियाहरु यो आन्दोलनमा आउनु भन्ने भाष निर्माण गर्न खोज्दै छ तर अब त्यो हुदैन।

अब हामी मिलेर लडछौ, महतोको भनाइ थियो। अहिलेको सरकार निरंकुश तर्फ अघि बढेको छ । बोल्न पाइदैन भन्ने आसयको कानुन ल्याउन खोज्दै छ, माघ १२ गते प्रहरीले सभ्यताको रक्षार्थ शान्तिपुर्ण संघर्ष गर्नेहरू उपर गोली चलाउने यी सबै निरंकुशताको उधारण हो ।

अब वार्ता सार्तामा बोलाइरहनु जरुरी छैन, त्यहाँ केवलकार बन्दैन निर्णय गरे पुग्छ। उनीहरूले माघ २७ गते बेलुकासम्म उच्चस्तरीय वार्ता टोली गठन गर्न माग गरेका थिए। सरकारले माग सम्बोधन नगरेकाले फेरि आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको महतोले बताए।

अबको आन्दोलन अझै ससक्त हुने उहाँले भन्नुभयो ।

आन्दोलनकारीले केबलकारको अनुमति तथा सम्झौता खारेजीका लागि दबाब दिन फुङलिङ नगरपालिकाको कार्यालय घेराउ, केबलकार निर्माण सामग्री ढुवानी नगर्न आग्रह, काठमाडौं, इटहरी र बिर्तामोडमा विरोध सभा गर्ने भएका छन्। यससँगै केबलकारको सम्झौता खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाउने, प्रदर्शन गर्ने पनि उनीहरूले तय गरेका छन्। त्यसपछि अनिश्चितकालीन यातायात बन्द र आमहडताल गर्ने चेतावनी दिएका छन्।