Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे





काठमाडौं ।

काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरेको छ ।

केयूको उपकुलपतिका लागि आवेदन दिएकामध्ये २० जनाको नाम स्वीकृत भएको थियो । जसमा वर्णानुक्रम अनुसार १० जनाको सर्ट लिस्ट आज (सोमबार) सार्वजनिक गरिएको हो ।

छनोट समितिका अनुसार आगामी फागुन २ र ३ गते अन्तर्वार्ता हुनेछ ।

सर्ट लिस्टमा परेका १० जनाबाट ३ जनाको नाम छनोट समितिले कुलपतिसमक्ष सिफारिस गर्ने छ । सर्ट लिस्टमा परेकाहरूमा प्राध्यापक डाक्टरहरू अच्युत वाग्ले, कन्हैया झा, जर्नादन लामिछाने, बालचन्द्र लुँइटेल, विभूति रञ्जन झा, वेदमणी दाहाल, भोला थापा, राजेन्द्र प्रसाद कोजु, श्याम नारायण लाभ र सुबोध शर्मा रहेका छन् ।