Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

वन मन्त्रालयको नाम फेर्न प्रस्ताव





काठमाडौं ।
नेकपा एकीकृत माओवादीका सांसद माधव सापकोटाले वन तथा वातावरण मन्त्रालयको नाम फेर्न प्रस्ताव गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई प्रश्न सोध्ने क्रममा सांसद सापकोटाले मन्त्रालयको नाम फेर्न प्रस्ताव गरेका हुन् ।
‘रुपले सारको प्रतिनिधित्व गर्छ । वन तथा वातावरण मात्र यो मन्त्रालयको नाम छ । यसलाई परिवर्तन गरेर वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय राखेर सोहीअनुसार काम गर्न ढिला भएन र मन्त्रीज्यू ?’ सांसद सापकोटाले प्रश्न गरे ।
जलवायु परिवर्तनको बढ्दो प्रभाव न्युनिकरणको निम्ति मन्त्रालयको ध्यान बढी केन्द्रित हुनुपर्ने उनको भनाइ थियो । उनले जलवायु परिवर्तनको असर र प्रभावले बहुप्रकोपका संकट झेलिरहेको नेपाल सरकारले यसको सामना गर्न के योजना बनाएको छ भन्दै वनमन्त्रीसमक्ष प्रश्न गरे ।
उनले पेरिस सम्झौताबाट अलग हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाको चर्चा गर्दै जलवायु परिवर्तनको बहुप्रकोपको संकट झेलिरहेका नेपालजस्ता मुलुकमा त्यसको प्रभाव पर्ने बताए ।
‘पेरिस सम्झौताका कारण ऊर्जा उत्पादन र औद्योगिक गतिविधिमा लगाइएको सीमाले अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्ने जिकिर गरेर अमेरिकी राष्ट्रपति पेरिस सम्झौताबाट अलग हुने घोषणा गर्नुभएको छ,’ उनले भने, ‘यो घोषणाले संयुक्त राष्ट्रसंघीय संरचना महासन्धी युनएफसीसीका पक्ष राष्ट्रहरूको सम्मेलन कोप २९ ले गरेका निर्णय र घोषणा कार्यान्वयनमा प्रभाव पार्ने स्वत छ । त्यसैले जलवायु परिवर्तनको असर र प्रभावले बहुप्रकोपका संकट झेलिरहेको नेपाल सरकारले यसको सामना गर्ने के योजना बनाएको छ ?’