Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा





काठमाडौं ।
पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले आन्दोलन कार्यक्रम घोषणा गरेका छन् । नेपाल सरकारका सह–सचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै उनीहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
उनीहरुले फागुन ६ गतेदेखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ गर्ने, केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका घेराउ, काठमाडौं, इटहरी र विर्तामोडमा केबलकार विरोध सभा गर्नेलगायत आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
सरकारसँग यसअघि माघ २२ गते भएको ६ बुँदे सहमति कार्यान्वयन पनि सरकार इमान्दार नभएको उनीहरुले बताएका छन् । वार्ताका लागि न्यूनतम वातावरण बनाउन नसकेको । निर्णायक वार्ता समिति पनि बनाउन इच्छुक नदेखिएका उनीहरूले आरोप लगाएका छन् ।
२२ गते भएको वार्ताअनुसार हिजो (माघ २७ गते) दुवै पक्षबीच विस्तृत वार्ता गर्ने सहमति भएको थियो । तर सहमति बमोजिम आफूहरु मन्त्री वा उच्चस्तरीय टोलीसँगमात्रै वार्ता गर्ने भन्दै उनीहरुले हिँडेपछि छलफल भाँडिएको थियो ।
उनीहरुले साँझसम्मको समय दिएर मन्त्री वा उच्चस्तरीय राजनीतिक वार्ता टोली गठन गर्न अल्टिमेटम दिएका थिए । सरकारले उक्त माग बमोजिम वार्ता टोली गठन नगरेपछि थप संघर्षका कार्यक्रम ल्याउनुपरेको उनीहरुको दाबी छ ।