Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण





एजेन्सी ।
प्रयागराजको महाकुम्भ नगरस्थित एक शिविरमा आइतबार राति आक्रमणकारीहरूले आक्रमण गर्दा किन्नर जगद्गुरु हिमाङ्गी सखी गम्भीर घाइते भएका छन् । आक्रमणकारीहरूले उनको शिविर घेरेर सम्पत्तिमा क्षति पु¥याएका थिए । आक्रमणकारीहरू किन्नर अखाडाका आचार्य महामण्डलेश्वर लक्ष्मी नारायण त्रिपाठीसँग सम्बन्ध रहेको आशंका गरिएको छ ।
यो आक्रमण हुनुभन्दा पहिले हिमाङशी सखीले किन्नर अखाडाको निर्णयमाथि प्रश्न उठाएकी थिइन् । विशेष गरी किन्नर अखाडाको महामण्डलेश्वरको रूपमा फिल्म अभिनेत्री ममता कुलकर्णीको नियुक्तिमा उनले आपत्ति व्यक्त गरेका थिए । ममता कुलकर्णीको विवादास्पद विगतलाई उल्लेख गर्दै अखाडाको निर्णयप्रति उनले कडा प्रतिक्रिया दिएका थिए ।
किन्नर किन्नर समुदायको लागि बनाइएको तर यसमा एक महिलालाई समावेश गरिएको हिमाङ्गी सखीले समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा भनेकी थिइन् । किन्नर अखाडा हो तर महिलाहरूलाई पद दिन थालेको हो भने यसको नाम परिवर्तन गर्न उनले भनेका थिए । ममता कुलकर्णी जस्ता फिल्म स्टारलाई लागूपदार्थको केसमा जेल पठाइएको थियो, यो कुरा सारा संसारलाई थाहा भएको तर यति हुँदा हुँदै पनि उनलाई दीक्षा दिइन्छ र कुनै शिक्षा बिनै महामंडलेश्वर बनाइन्छ भने समाजलाई यस्तो ‘गुरु किन दिइरहेको भन्दै उनले प्रश्न उठाएका थिए ।
आक्रमणकारीहरू कारमा आएका थिए । उनीहरूको साथमा त्रिशूल र बन्चरो भएको बताइएको छ । प्रयागराजको सेक्टर ८ मा रहेको क्याम्पमा भएको घटना सीसीटीभी फुटेजमा कैद भएको छ । घटनाको जानकारी पाएपछि घटनास्थलमा पुगेर प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो । हाल यस विषयमा अनुसन्धान भइरहेको छ ।