Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एआईजी केसीको राजीनामा गृह मन्त्रालयमा पठाइयो





काठमाडौ ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले बुझाएको राजीनामा गृह मन्त्रालयमा पठाइएको छ । सेवा अवधि बाँकी रहेकै अवस्थामा एआईजी केसीले घरायसी कारण देखाउँदै दुई दिन अघि राजीनामा दिएका हुन् ।

केसीको राजीनामा आइतबार गृह मन्त्रालयमा पठाइएको प्रहरी प्रधान कार्यालयको उच्च स्रोतले जनाएको छ । केसी प्रदेश समन्वय विभागमा कार्यरत थिए ।

गृह मन्त्रालयले उनको राजीनामा मन्त्रिपरिषद् बैठकमा पेस गर्नेछ । मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि उनी औपचारिक रूपमा प्रहरी सेवाबाट मुक्त हुनेछन् ।