Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रौतहटमा विभिन्न मुद्दाका फरार प्रतिवादी ११ जना पक्राउ





रौतहट ।
जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको अभियान अन्तर्गत दण्ड सजाय तोकिएर लामो समयदेखि फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ परेका छन् ।
जिल्ला अदालत रौतहटबाट गाली बेइज्जती मुद्दामा ५ रुपैयाँ जरिबाना तोकिएका शेख टईटसहित विभिन्न मुद्दामा सजाय तोकिएका ११ जना प्रतिवादीलाई जिल्लाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।
अन्य पक्राउ पर्नेमा किर्ते जालसाजी मुद्दाका कैलाश माझी, धुनिया मुसहरनी, बाबुलाल माझी, जागा माझी, शेख अजीज मियाँ, जमील अख्तर, जमिला शेखिन, शेख बनु र कुटपिट मुद्दाका रामविलास पटेल, रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैजना लाई फैसला कार्वान्यनको लागि जिल्ला अदालत गौरमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशङ्कर प्रसादले बताएका छन् ।