

सिरहा ।
तीव्र गतिमा आइरहेको टिपरको हावाको झोँकाले उछिट्टिएर घाइते भएका साइकलमा सवार एक बालक २ महिनादेखि अस्पतालमा छन् ।
गत पुस १० गते स्थानीय बालक लोकेश श्रेष्ठ साइकलमा घर गइरहेका बेला सिमेन्ट उद्योगका लागि चुनढुंगा बोकेर तीव्र गतिमा आइरहेको टिपरको हावाको झोँकाले उछिट्टिएका थिए ।
राजमार्गमै लडेका लोकेशको मष्तिस्कमा गम्भीर चोट लागेको थियो । अहिले उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । यता स्थानीयले आन्दोलन थालेका छन् । मिर्चैया नगरपालिका–७, छघरेस्थित मिर्चैया–कटारी राजमार्ग आइतबार बिहानैदेखि उनीहरूले सडक अवरुद्ध पारेका हुन् ।
