Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

२७ वर्षपछि दिल्लीमा भाजपाको पुनरागमन





न्यू दिल्ली ।

२७ वर्षपछि दिल्लीमा फेरि भारतीय जनता पार्टी (भाजपा) को सरकार बन्ने देखिएको छ। भारतको निर्वाचन आयोगका अनुसार, विधानसभा निर्वाचनमा भाजपा ४८ सीट जीती सकेको छ ।।

आम आदमी पार्टी (आप) ले पनि २२ सिट जितेको छ । कांग्रेसले कुनै सिट जित्न सकेको छैन।

यो नतिजाले ठूलो राजनीतिक परिवर्तन देखाएको छ । आपका नेता अरविन्द केजरीवाल नयाँ दिल्लीबाट पराजित भएका छन् भने मनीष सिसोदिया पनि जंगपुरामा पराजित भएका छन्।

तर, मुख्यमन्त्री आतिशी कालकाजीबाट विजयी भएकी छन्। अर्का नेता सत्येन्द्र जैनले पनि चुनाव हारेका छन् ।

यसैबीच, केजरीवाललाई हराउने भाजपा उम्मेदवार प्रवेश वर्मा अमित शाहलाई भेट्न पुगेका छन्।

दिल्लीमा भाजपा मुख्यालयमा विजयोत्सव मनाइरहेको भारतीय सञ्चार माध्यमहरूले लेखेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साँझ ७ बजे पार्टी मुख्यालय पुगेर कार्यकर्ताहरूलाई सम्बोधन गर्नेछन्।

दिल्लीका चर्चित ९ चुनावी क्षेत्रका नतिजा

सिट आप उम्मेदवार भाजपा उम्मेदवार नतिजा
नयाँ दिल्ली अरविन्द केजरीवाल प्रवेश वर्मा आप पराजित
जंगपुरा मनीष सिसोदिया तरविन्दर सिंह मारवाह आप पराजित
कालकाजी आतिशी रमेश बिधूडी आप विजयी
बाबरपुर गोपाल राय अनिल कुमार आप अग्रता
शकूर बस्ती सत्येन्द्र जैन करनैल सिंह भाजपा अग्रता
मालवीय नगर सोमनाथ भारती सतीश उपाध्याय भाजपा अग्रता
ग्रेटर कैलाश सौरभ भारद्वाज शिखा राय भाजपा अग्रता
ओखला अमानतुल्लाह खान मनीष चौधरी आप अग्रता
पटपडगंज अवध ओझा रवीन्द्र सिंह नेगी आप पराजित

सन् २०२० मा भाजपाले जम्मा ८ सिट मात्र जितेको थियो, तर सन् २०२५ मा ६ गुणा बढी जित निकाल्दै ४८ सिट जित्नेतर्फ अगाडि बढेको छ ।

केजरीवालको नयाँ दिल्ली सिटमा २० जना उम्मेदवारको जमानत जफत भएको छ । उनीहरूले अत्यन्तै कम मत प्राप्त गरेका छन् ।

केजरीवाल प्रवेश बर्मासँग ३ हजार मतले पराजित भएका छन् । उता संदीप दीक्षितले केवल ३ हजार ८७३ भोट मात्र पाए ।

सन् २०२० को तुलनामा भाजपाले ३९ सिट थप्ने देखिएको छ आपले ३९ सिट गुमाउने देखिएको छ । भाजपाको भोट शेयर ९ प्रतिशतले बढेको छ भने आपको भोट शेयर १० प्रतिशतले घटेको छ । कांग्रेसले कुनै सिट जित्न नसके पनि भोट शेयर २ प्रतिशतले बढाएको छ ।