Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

दिल्ली विधानसभा चुनावको मतगणना सुरु, प्रारम्भिक रुझानमा भाजपा अगाडी





न्यू दिल्ली ।

दिल्ली विधानसभा चुनावको मतगणना सुरु भएको छ। प्रारम्भिक रुझानमा भाजपा अगाडी देखिएको छ ।

दिल्ली चुनावमा मुख्य प्रतिस्पर्धा आम आदमी पार्टी, भारतीय जनता पार्टी र भारतीय कांग्रेसबीच हुने अनुमान छ।

धेरैजसो एक्जिट पोलले भाजपाले अग्रता लिने भविष्यवाणी गरेका छन्।

तर आम आदमी पार्टीले यो गलत साबित हुने र ५० भन्दा बढी सिट आफूले जित्ने बताएको छ।

यस्तै कांग्रेस आफूले पुनरागमन गर्ने आशामा छ।

सन् २०१३ को विधानसभा चुनावमा अरविन्द केजरीवालको आम आदमी पार्टीले दिल्लीका ७० सिटमध्ये २८ सिट जितेको थियो भने भाजपाले ३० भन्दा बढी सिट जितेको थियो।

२०१५ र २०२० को विधानसभा चुनावमा आम आदमी पार्टीले आफ्नै बलबुतामा बहुमत प्राप्त गर्‍यो।

यसैबीच, २०१४, २०१९ र २०२४ को लोकसभा चुनावमा भाजपाले दिल्लीका सबै सात लोकसभा सिट जितेको थियो।