

जनकपुरधाम।
५०७औं कबीर साहेब निर्वाण दिवसको अवसरमा धनुषाको सतलोक आश्रममा १२ जोडीको दाइजोरहित सामूहिक विवाह सम्पन्न भएको छ।
मिथिला नगरपालिका- २ स्थित सतलोक आश्रममा १२ जोडीको सामूहिक विवाह भएको हो ।
रमैणी मन्त्र उच्चारण गरि मात्र १७ मिनेटमा सम्पन्न हुने यसलाई आडम्बरमुक्त विवाह पनि भन्ने गरिन्छ ।
यस प्रकारको विवाहमा कुनै किसिमको मांसाहार तथा नशालु पदार्थ सेवन गर्न पूर्ण रुपमा निषेधित हुन्छ। समारोहमा रक्तदान र भण्डारा पनि गरिएको छ । स्थानीय आयोजकका अनुसार ६३ युनिट रक्तदान गरिएको छ । कार्यक्रमको पहिलो र दोस्रो दिन गरी करीब ५ लाख जति श्रद्धालुहरुको उपस्थित रहेको थियो ।


