Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

मैथिली साहित्य उत्सवमा कविता प्रतियोगिता सम्पन्न

प्रथम सुमित, द्वितिय अतिथि र तृतीय महिमाराजश्री





जनकपुरधाम ।
मैथिली साहित्य उत्सवमा विद्यार्थी केन्द्रित कविता प्रतियोगिता आज एक समारोहका बीच सम्पन्न भएको छ । विद्यालयस्तरीय सो प्रतियोगितामा प्रथम सुमितकुमार झा भएका छन् ।
यसैगरी द्वितिय स्थान अतिथि प्रिया र तृतीय स्थान महिमाराजश्री साह ल्याएकी छिन् ।
कविता प्रतियोगिताको पहिलोचरणमा ५ जनालाई छनौट गरिएको थियो जसमध्ये आज ३ जनालाई अन्तिम छनौट गरी विजेता बनाइएको छ । कवितामा प्रथम भएकालाई २१ हजार नगद, द्वितिय हुनेलाई ११ हजार नगद र तृतीय हुनेलाई ५१ सय नगद प्रदान गरिएको छ ।
विजेताहरुलाई इम्तियाज वफा, विप्लब प्रतीक, ई. प्रकाशचन्द्र साह र पुनम झा मैथिलीले संयुक्त रुपले पुरस्कार प्रदान गर्नुभएको छ ।
छनौट समितिमा इम्तियाज वफा, विप्लब प्रतीक र विन्दू ठाकुर थिए । पुरस्कार वितरण समारोहका सञ्चालन चर्चित कवि काशीकान्त झा गरेका छन् ।