Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

उच्च शिक्षाका पाठ्यक्रममा इन्टर्न अनिवार्य हुँदैछ : शिक्षामन्त्री विद्या भट्टराई





काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उच्च शिक्षाका पाठ्यक्रमहरूमा इन्टर्न अनिवार्य गरिने बताएकी छिन् । यसका लागि गृहकार्य अगाडि बढिसकेको पनि उनले जानकारी दिइन् ।

मदन भण्डारी मेमोमिरियल कलेजले क्यूएए (गुणस्तर प्रत्यायनकृत) प्राप्त गरेको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएकी हुन् ।

‘पाठ्यक्रममा इन्टर्न अनिवार्य गरिँदैछ,’ उनले भनिन् । उनका अनुसार शिक्षालाई रोजगार, सीप र उद्गमसँग जोड्नका लागि समेत पाठ्यक्रममा इन्टर्न अनिवार्य गर्न लागिएको हो ।

कक्षा १२ पास गरेपछि विदेश जानुका अनेक कारण हुनसक्ने र उच्च शिक्षा प्राप्त गरेको विषय तलबमा मापन हुन नसक्ने पनि एक रहेको उनले बताइन् ।

‘शिक्षाले तलबलाई मापन गर्न सकिरहेको छैन, समस्या यहाँनेर छ,’ उनले भनिन् ।

सामुदायिक विद्यालय र कलेजका आफ्नै प्रकृतिका समस्या रहेको बताउँदै उनले घट्दो विद्यार्थी संख्या र बढ्दो विदेश पलायन रोक्न शिक्षालाई तलबमा मापन गर्न सक्नुपर्ने जिकिर गरिन् ।

मदन भण्डारी मेमोमिरियल कलेजले गुणस्तर प्रत्यायनकृत (क्यूएए) प्राप्त गरेको छ । विश्व विद्यालय अनुदान आयोगले मदन भण्डारी कलेजको गुणस्तर क्यूएए गरेको हो ।

सरोकारवालाहरूले राज्यले शिक्षामा स्पष्ट नीति अवलम्बन गर्न नसकेको भनेर सरकारको ध्यानाकर्षण पनि गरेका छन् ।