

एजेन्सी ।
बंगलादेशी अभिनेत्री मेहर अफरोज शाओन पक्राउ परेकी छन् । ढाका ट्रिब्यूनका अनुसार उनलाई ‘राज्यविरुद्ध षड्यन्त्र’ अर्थात् कथित देशद्रोह आरोप लगाइएको छ । उनलाई ढाका महानगरीय प्रहरी परिसरको गुप्तचर शाखाले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।
प्रहरी अतिरिक्त आयुक्त (डीबी) रेजाउल करीम मलिकले भने, ‘उनलाई बिहीबार राति धानमण्डीबाट पक्राउ गरिएको थियो । उनलाई देशद्रोहको षड्यन्त्रमा संलग्न भएको आरोप लगाइएको छ । आरोपको सम्बन्धमा सोधपुछ गर्न हिरासतमा राखिएको छ ।’
मेहर अफरोज जमालपुर जिल्लाका अवामी लिगका पूर्व सल्लाहकार परिषद् सदस्य मोहम्मद अली र १९९६ मा अवामी लिगका सांसद तहुरा अलीकी छोरी हुन् । मोहम्मद अलीले गत निर्वाचनमा जमालपुर–५ (सदर) सिटबाट टिकट मागेका थिए ।
अभिनेत्री शानलाई जमालपुर सदर उपजिल्लाको नरुन्दी रेलवे स्टेशन क्षेत्रमा उनको बुबाको घरबाट पक्राउ गरिएको थियो । उनलाई साँझ साढे ६ बजे पक्राउ गरिएको हो । उनी पक्राउ परेको केही समयअघि जमालपुरमा बसोबासरत परिवारमाथि आक्रमण पनि भएको थियो, त्यसक्रमा उनको घर पनि जलाइएको थियो ।
बंगलादेशमा मोहम्मद युनुसको सरकार सत्तामा आएदेखि नै विपक्षीलाई पक्राउ गरिँदै आएको छ । बंगलादेशमा मेहर फिल्मी जगतका ती अभिनेत्री हुन्, जसले खुलेर आफ्नो बयान दिन्छिन् । यही नै उनको गिरफ्तारीको कारण बनेको स्थानियले बताएका छन् ।
समाचारअनुसार मोहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशको अन्तरिम सरकारको आलोचना गरेकाले उनीमाथि देशद्रोह आरोप लगाइएको छ ।
