काठमाडौं ।
शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६८ हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९८० रुपैयाँ रहेको चाँदी यस दिन १९८५ रुपैयाँ कायम भएको छ ।