जनकपुरधाम ।
बालुवा तथा गिट्टीको अबैध रुपमा उत्खन्न विरुद्ध धनुषामा विशेष अभियान चलाइएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह स्वयं विहिवार अनुगमनमा गएको थिए । सो अनुगमन टोलीले ५ जना चालक सहित १५ वटा ट्रेक्टर नियन्त्रणमा लिएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ८ स्थितमा रहेको कमला खोलामा बालुवा गिट्टी उत्खनन गरिरहेको बेला चालक र ट्रेक्टरलाई नियन्त्रणमा लिएको जानकारी जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको छ । अनुगमन गर्न धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी सहित प्रहरीका अधिकारीहरु समेत गएका थिए ।