Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सिन्धुलीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर





जनकपुरधाम ।

झापाबाट काठमाडौं गइरहेको निजी ईभी गाडी सिन्धुलीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाडीचालक दोलखाको गौरीशंकर गाउँपालिकाका २७ वर्षीय सुशान्त नेपाली रहेको प्रहरीले जनाएको छ ।

विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा आज बिहान भएको करिब पौने ४ बजेको समयमा दुर्घटना भएको थियो । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

गम्भीर घाइते भएका मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका– १ का २७ वर्षीय किस्कु मण्डल घाइते भएका छन् ।

गाडी अनियन्त्रित भएर राजमार्गभन्दा ४ सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।