Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

कैलालीमा आमा र छोरी मृत फेला





कैलाली ।

कैलालीमा आमा र छोरी मृत फेला परेका छन् । गोदावरी–११ गोथानमा आमा र छोरी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

“आमा र छोरी दुवै पासो लागेर आत्महत्या गरेको भन्ने मृतकका देवरबाट खबर आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो,” जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्रसिंह बोहराले  भने, “आमा २३ वर्षिय मिरा कामी र उनकी दुई वर्षकी छोरी प्रिन्सी झुण्डिएको अवस्थामा बिहीबार साँझ ७ बजे मृत फेला परेका थिए ।”

आफ्नै कोठामा उनीहरू झुण्डिएको पाइएको बोहराले जानकारी दिए ।

सासुआमा कामविशेषले धनगढी बजार गएको बेला उक्त घटना भएको प्रहरीले बताएको छ ।

मिराका श्रीमान् र ससुरा रोजगारीका क्रममा भारतमा रहेको डीएसपी बोहराले जानकारी दिए ।