Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

तीन दिवसीय जनकपुर साहित्य उत्सव शुरु, मुख्यमन्त्री सिंहले गरे उदघाटन

साहित्य र संस्कृति जोगाउन चुनौतीपूर्ण बन्दै गईरहेको मुख्यमन्त्री सिंहको भनाई





जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मिथिलाको साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि जनकपुर साहित्य महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
जनकपुर साहित्य उत्सवको छैठौँ संस्करणको उदघाटन गर्दै मुख्यमन्त्री सिंहले यो साहित्य उत्सवले साहित्यिक, सांस्कृतिक र सामाजिक चेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याउनेमा विश्वास व्यक्त गर्दै उनले साहित्य र कलालाई वर्तमान भाइरल युगमा जीवन्त राख्नु चुनौतीको विषय रहेको उल्लेख गरे ।
मुख्यमन्त्री सिंहले उडिसाका हल्दर नागको उदाहरण दिँदै भने, ‘नागले मात्र कक्षा ३ सम्म अध्ययन गरे पनि उनका कविताबाट ५ विद्यार्थीले पीएचडी गरेका छन् । यसले देखाउँछ कि प्रतिभा र सिर्जनशीलताको मुल्याङ्कन शैक्षिक प्रमाणपत्रमा मात्र निर्भर हुँदैन ।’
उनले जनकपुर साहित्य उत्सवजस्तो सांस्कृतिक गतिविधि गर्नुपर्ने आवश्यकता राज्यको अपूरो भूमिकाको कारण उत्पन्न भएको बताए । ‘राज्यले सबै कुरा गर्न सक्दैन । तर, राज्यको प्रतिनिधित्व आवश्यक छ,‘ उनले भने ।
अहिलेको युगलाई ट्विटर र टिकटकको युगको रूपमा परिभाषित गर्दै उनले यस भाइरल युगमा साहित्य र संस्कृति जोगाउन ठूलो चुनौती रहेको उल्लेख गरे ।
मुख्यमन्त्री सिंहले संस्कृति र सभ्यता संरक्षणको आवश्यकता औंल्याउँदै रामायणकालको प्रसङ्ग ल्याए । उनले भने, ‘रामलाई राम बनाउन सीताको ठूलो भूमिका रहेको थियो । पुरुष चाहे जति पराक्रमि भए पनि नारीको सहयोग बिना अगाडि बढ्न सक्दैन ।’
मुख्यमन्त्री सिंहले नेपालको जंगलको भू–भाग समाप्त हुँदै गएकोप्रति चिन्तासमेत व्यक्त गरे ।
अमित झा साहित्य संगीत पुरस्कार स्व. संगीतकार गुरुदेव कामतका परिवारलाई
यस वर्षको प्रतिष्ठित ’अमित झा साहित्य संगीत पुरस्कार’ स्वर्गीय शास्त्रीय संगीतकार गुरुदेव कामतको परिवारलाई प्रदान गरिएको छ ।
जनकपुरधाम साहित्य महोत्सवको छैठौं संस्करणको उद्घाटन कार्यक्रममा स्वर्गीय संगीतकार कामतकी श्रीमती सगुनवती देवी कामतलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र स्वर्गीय अमित झाका बुबा रामनारायण झाको हातबाट एक लाख पाँच हजार रुपैयाँ राशीको पुरस्कार हस्तान्तरण गरिएको हो ।
’अमित झा साहित्य संगीत पुरस्कार’ नव मिथिला फाउण्डेशनको आयोजनामा हरेक वर्ष प्रदान गरिन्छ । साहित्य र संगीत क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मानित गरिन्छ । गुरुदेव कामतले भारतबाट संगीतमा स्नातक गरेपछि नेपाली शास्त्रीय संगीतमा महत्वपूर्ण योगदान पुर्याएका थिए । गत साउनमा उनी दिवंगत भएका थिए । उनी ’प्रवल जनसेवा श्री’ लगायतका विभिन्न सम्मानले पुरस्कृत भएका थिए । तर, उनले जीवनभर राज्यबाट अपेक्षित सहयोग पाउन सकेनन् ।
पुरस्कार हस्तान्तरण समारोहसँगै महोत्सवमा क्यान्सर रोगबाट पीडित संगीतकार अशोक दत्तलाई ५१ हजार रुपैयाँको आर्थिक सहयोग पनि प्रदान गरिएको छ । संगीत क्षेत्रमा दत्तको उल्लेखनीय योगदानको कदर गर्दै यो सहयोग उनको उपचारका लागि प्रदान गरिएको हो ।
६० विद्यार्थीले एउटै मञ्चमा गाए ‘इएह छी हमर जनकपुर’
छैठौं जनकपुर साहित्य महोत्सवमा आजको मुख्य आकर्षणको रूपमा ६० जना विद्यार्थीहरुले प्रस्तुत गरेको सामूहिक कोरसले जनकपुरधामलाई गौरवका साथ गुञ्जायमान बनाएको छ ।
‘इएह छि हमर जनकपुर, ई सीताके जनकपुर’ शीर्षकको गीतमा जनकपुरधामका १० विद्यालयका ५ वर्षदेखि १५ वर्ष उमेर समूहका छात्रछात्राहरुले एकसाथ सुमधुर स्वरमा जनकपुरधामको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वलाई उजागर गर्दै भावुक प्रस्तुति दिएका हुन् ।
विद्यार्थीहरुले मिथिलाको कला, संस्कृति र पहिचानलाई आफ्ना गीतमार्फत जीवन्त बनाउँदै गीतको बोलमा मात्र सीमित नभई जनकपुरधामको समृद्ध सांस्कृतिक सम्पदा र सीता माताको जन्मभूमिको गौरवलाई पनि सम्पूर्ण दर्शकलाई अनुभूत गराए । कोरस सुन्नेबित्तिकै दर्शकहरुको मनमा जनकपुरधामको धार्मिक महत्त्व र संस्कृतिको गहिराइ प्रत्यक्ष झल्कियो ।
तीन दिनसम्म चल्ने जनकपुरधाम साहित्य महोत्सवको यस संस्करणमा विभिन्न साहित्यिक र सांगीतिक कार्यक्रमहरूको आयोजना हुनेछ । पहिलो दिन राजनीतिक विश्लेषक सीके लालले ’सियाराम राज्यको परिकल्पनाः साहित्य र अर्थराजनीति’ विषयमा आफ्नो प्रस्तुति राखेका छन् । यसैगरी, साहित्य अनुरागी भूषिता वशिष्ठले ’अहिलेको महिलावाद अपुष्ट किन छ?’ शीर्षकमा एकल प्रवचन दिइन् ।