Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

गुरुदेव कामतलाई मरणोपरान्त अमित झा स्मृति साहित्य, संगीत पुरस्कार

गीतकार अशोक दत्तलाई पनि ५१ हजार नगद सहयोग





जनकपुरधाम ।
शास्त्रीय संगीतका महत्वपूर्ण व्यक्ति स्व.गुरुदेव कामतलाई मरणोपरान्त अमित झा स्मृति साहित्य, संगीत पुरस्कार आज एक समारोहका बीच प्रदान गरिएको छ । सो पुरस्कारको राशी १ लाख ५ हजार नगद रहेको छ ।
जनकपुर साहित्य महोत्सवको ६ औं संस्करणको उदघाटन समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र स्व.अमित झाको बुबा रामनारायण झाको हातबाट सो पुरस्कार प्रदान गरिएको छ ।
पुरस्कार स्व. कामतका श्रीमति सगुनवती देवी कामत र छोरा समिर कामतले लिएका थिए ।
नव मिथिला फाउण्डेशनको आयोजनामा आजदेखि तीन दिवसिय जनकपुरधाम साहित्य महोत्सव शुरु भएको छ । फाउण्डेशका संस्थापक अध्यक्ष स्व. अमित झाको नाउँमा पुरस्कार स्थापना गरिएको छ ।
यसैगरी सोही समारोहमा क्यान्सर रोगबाट पीडित रहेका मैथिलीका चर्चित गीतकार अशोक दत्तलाई समेत ५१ हजार रुपैया आर्थिक सहयोग गरिएको छ । उनको उपचारर्थका लागि सहयोग गरिएको छ ।