Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

स्व.गुरुदेव कामतको संगीतिक कार्यक्रमको पैसा रामभरोस कापडिले किन दिएनन् ?

के भन्नु हुन्छ – कामतका श्रीमति र छोरा





जनकपुरधाम ।
मधेश प्रज्ञा प्रतिष्ठानले स्व. गुरुदेव कामतसँग गत वर्ष जनकपुरधाममा संगीतिक कार्यक्रम गराएर अहिले सम्म पैसा दिएको छैन् । एकवर्ष हुन लाग्यो, जिउँदै अवस्थामा कामतजीले कयौपटक प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडिलाई पैसा दिन भनेका थिए त्यो बेला पनि दिनु भएन । उहाँको मृत्यु पछि पनि अहिलेसम्म नदिएको आरोप स्व. कामतका श्रीमति सगुनवती देवी कामतले आरोप लगाएका छन् ।
कमाएको पैसा हामीले के माँग्ने उहाँले आफै दिनु पथ्र्यो तर रामभरोसले पैसा सम्बन्धि कुरो बिर्सीसकेका छन् उहाँले मोडेल खबरसँग कुराकानी गर्दै बताउनुभयो ।
जनकपुर साहित्य महोत्सवमा स्व. कामतलाई स्व. अमित झा साहित्य संगीत पुरस्कार आज प्रदान गरिएको छ । एकलाख ५ हजारको सो पुरस्कार लिन स्व. कामतका श्रीमति सगुनवती देवी कामत र छोरा समिर कामत आएका थिए । उदघाटन समारोह चलिरहेको बेला रामभरोस कापडिको ठीक पछाडी सगुन देवी र छोरा समिर बसेका थिए । तर उहाँले समान्य औपचारिकता सम्म देखाउनु भएन् ।
सगुनदेवी र छोरा समिरसँग कुराकानी मोडेल खबरको पोडकास्ट चैनल https://www.youtube.com/@ModelKhabar मा हेर्न सकिन्छ