Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

बंगलादेशमा प्रदर्शनकारीले शेख हसिनाको पिता मुजिबुर रहमानको घर जलाए





एजेन्सी ।
बङ्गलादेशमा फेरि हिंसा भड्किन थालेको छ । पूर्व प्रधानमन्त्री शेख हसीनाका विरोधीहरूले बुधबार राति ढाकामा रहेको उनको पिता शेख मुजीबुर रहमानको घर धानमन्डीमा आगो लगाएका छन् । यस घटनामा घर जलेर ध्वस्त भएको छ ।
प्रदर्शनकारीहरूले बुधबार राति र बिहिबार बिहान देशभरमा हसिनाको पार्टी आगामी लिगका नेताहरूको घरमा तोडफोड गरेका थिए । अनि शेख मुजीबुर रहमानको भित्ते चित्रहरू पनि बिगारिदिएका थिए । हिंसा भारतमा शरण लिएर बस्दै आएकी हसिनाको एक अनलाइन कार्यक्रमभन्दा ठिक अघि सुरु भएको हो ।
फेसबुकमा राति नौ बजे हसिनाको सम्बोधन थियो । कार्यक्रम हुन थालेको सुइको पाउने बित्तिकै प्रदर्शनकारीहरूले ‘बुलडोजर प्रदर्शन’ आह्वान गरे । बङ्गलादेशको प्रमुख पत्रिका द डेली स्टारमा छापिएको समाचार अनुसार सामाजिक सञ्जालमा भाइरल पोष्टका अनुसार यो प्रदर्शन हसीनाको बङ्गलादेश विरोधी गतिविधिका कारण गरिएको थियो ।
हसीनाले भारतमा बसेर बङ्गलादेश विरोधी गतिविधि चलाइरहेको उनीहरूको भनाइ थियो । गएको वर्ष सरकारी कोटामा आरक्षणको विषयमा भएको विद्यार्थी आन्दोलनले हिंस्रक रुप लिएपछि हसीना देश छाडेर अगस्ट ५ मा भारत आएकी थिइन् ।