Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

जनकपुर साहित्य उत्सव केहीबेरमा शुरु हुने, मुख्यमन्त्री सिंहद्वारा उदघाटन गरिने

सिके लाल र भुसिता वरिष्ठको विशेष प्रस्तुति पनि आजै





सुजीतकुमार झा
जनकपुरधाम ।
जनकपुर साहित्य उत्सव आजबाट जनकपुरधाममा शुरु भइरहेको छ । माघ २४ गतेदेखि माघ २६ गतेसम्म चल्ने उत्सवको उदघाटन मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले गर्नुहुनेछ । उदघाटनको कार्यक्रम २ बजे राखिएको छ ।
राम मन्दिरको पार्कमा समारोहका लागि भव्य मञ्च बनाइएको छ । छैठो संस्करणको रुपमा रहेको तिनदिवसीय कार्यक्रममा सामाजिक, सांस्कृतिक, साहित्यिक, राजनीतिक लगायतका विषयवस्तुमाथी छलफल गरिने छ ।
नवमिथिला फाउन्डेसनको आयोजनामा हुन लागेको जनकपुर साहित्य उत्सवमा १७ वटा विभिन्न सत्रहरु राखिएको आयोजनासँग आबद्ध एवं पत्रकार घनश्याम मिश्रले मोडेल खबरलाई जानकारी दिएका छन् ।
पहिलोदिन उदघाटनसत्रका अतिरिक्त देशका चर्चित राजनीतिक विश्लेषक सिके लालले सियाराम राज्यको परिकल्पनाः साहित्य र अर्थराजनीतिमा प्रवचन दिनुहुनेछ भने अहिलेको महिलावाद अपुष्ट किन सीता विमर्श भूसिता वशिष्टको रहनेछ । अमित झा स्मृति साहित्य संगीत पुरस्कार स्व. गुरुदेव कामतलाई मरणोपरान्त आज प्रदान गरिनेछ ।
सो पुरस्कारको राशी एक लाख नगद रहेको छ ।
वक्ततृत्वकला प्रतियोगिता पनि आजै गरिनेछ ।
आज साँझ ६० जना बच्चाको प्रस्तुति हुनेछ । जनकपुर गानमा संगीत र स्वर ती बालबालिकाहरुले नै दिनेछन् ।
उत्सवको दोस्रो दिन औपचारिक सत्रको शुरुवात जनकपुरधामक चुनौती आ अवसर हरु विषयमा छलफल तथा विमर्षबाट हुनेछ । त्यस्तै डिजिटल युगमा पठन संस्कृति, क्रिकेट समस्या, समाधान र सम्भावना, मधेस महिमाः उत्सवको व्यवसायीकरण, पढाई र सिकाईका कुराकानी, अन्तरविद्यालय कविता प्रतियोगिता र सांगितिक साँझ, कविता गजल संगै दोस्रो दिनका सत्रहरु समाप्त हुनेछ ।
उत्सवको तेस्रो तथा अन्तिम दिनका सत्रहरु अन्तरविद्यालय कथा वाचन प्रतियोगिताबाट शुरु हुनेछन् । तेस्रो दिनका सत्रहरुमा केन्द्रको दृष्टिमा मधेस, आन्दोलन र साहित्य, नेपाली उद्यमीको यात्रा, आनन्दको खोजी, समाज साहित्य सिनेमा, मधेसको मत, कुलमान घिसिंगको एकल प्रवचन, संविधान, संघियता र कानूनी राज्यको अभ्यास, अन्तरविद्यालय चित्रकला÷वक्तृत्वकला प्रतियोगिता र सांगितिक महोत्सव संगै जनकपुर साहित्य उत्सवको छैठौँ संस्करण समापन हुनेछ ।