Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अपराधिक गिरोहमा संलग्न ४ जना सिरहाको लहानबाट पक्राउ





जनकपुरधाम ।
नेपाल र भारतमा अपराधिक गतिविधि गर्ने गिरोहमा संलग्न एक भारतीयसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका ८ बस्ने वर्ष ४५ का इन्दल भन्ने इन्द्रनारायण चौधरी, वर्ष ३१ का भैरव भन्ने देवकुमार मुखिया, लहान नगरपालिका ४ का ४१ वर्षीय दिनेश विश्वकर्मा र भारतीय नागरिक पश्चिम बंगाल जिल्ला हुगली ग्राम पञ्चायत भगबतीपुर ७ बस्ने निरोज भन्ने मेहराज मोन्डल छन् ।
प्रहरीका अनुसार पक्राउ परेकाहरु नेपाल र भारतमा लुटपाट, अपहरण, धम्काएर चन्दा असुल्ने जस्ता अपराधिक ‘डी’ ग्रुप चलाउने गरेका छन् । भारतीय प्रहरीले पनि सोही समूहका चारजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मंगलबार लहान नगरपालिका–७ लहान बजारस्थित विकाश ट्रेडर्स (सुन चाँदी पसल) मा डकैती गर्ने योजना बनाइरहेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
उनीहरुमाथि जिल्ला अदालत सिरहाबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक पासवानले बताए ।