Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जसपा नेपाल अध्यादेशको पक्षमा जाने संकेत, औपचारिक निर्णय बिहिबार लिने





काठमाडौँ ।
अध्यादेश अध्ययन गर्न गठित जसपा नेपालको कार्यदल सरकारको पक्षमा जाने संकेत गरेको छ । नेता राजकिशोर यादव नेतृत्वको कार्यदलले मङ्गलवार र बुधवार सरोकारवालासहितसँगको छलफल गरे पनि प्रतिवेदन तयार गरिसकेको छैन ।
बुधवार विज्ञहरूसँग समेत छलफल गरेको कार्यदल संयोजक यादवले बिहीबार पार्टीलाई प्रतिवेदन बुझाउने बताए । अध्यादेशको पक्ष वा विपक्षमा उभिने भन्ने आधिकारिक निर्णय पार्टीले नै गर्ने यादवको भनाइ छ ।
‘सरकारलाई एकपटक सचेत गराउँदै भविष्यमा अध्यादेशको माध्यमबाट मात्रै सरकार सञ्चालन गर्ने प्रवृत्तिको बढवा नहोस् । त्यसैलाई निरुत्साहित गर्नुपर्छ भन्ने नै हो वैचारिक सैद्धान्तिक रूपमा’, यादवले भने, ‘अध्यादेशको कन्टेनको आधारमा प्रतिवेदन तयार गर्नुपर्ने भएको थप अध्ययन गरेर बिहिबार निर्णयमा पुग्छौ ।’
उनले केही अध्यादेश सकारात्मक भए पनि केहीमा गम्भीर प्रकारको आपत्ति रहेको भन्दै अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताए । ‘पार्टीको आन्तरिक कार्यदल भएकाले हामी पार्टीलाई प्रतिवेदन बुझाउँछौ र बिहीबार बस्ने संसदीय दलले निर्णय गर्छ ।’