Breaking 
विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित | नयाँ दिल्ली रेलवे स्टेसनमा १८ जनाको ज्यान जानेगरी भएको भागदौडपछिका तस्बिरहरु | पोखरामा भएको बेलुन विस्फोट घटना अनुसन्धान गर्न ८ सदस्यीय छानवीन समिति गठन | फागुन ११ अगाडी अध्यादेशहरु संसदमा पेश नगरिने लगभग निश्चित | सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ? | स्टार बलरहरुबिना च्याम्पियन्स ट्रफी, चोटले परेशान भारतीय र अष्ट्रेलियन टोली | झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला | सुनको मूल्य २ हजार ७ सयले घट्यो | निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय | बाराको सुधारकेन्द्र अनुशासनिक कारबाही अस्वीकार गरेपछि भएको कुटपीटमा परेर मण्डलको मृत्यु भएको खुलासा |

जसपा नेपालले गर्यो कार्य विभाजन, ४७ सदस्यीय सल्लाहकार समिति गठन





काठमाडौँ ।
जनता समाजवादी पार्टी नेपालले ४७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । कार्यकारिणी समितिको बैठकले सो समिति गठन गरेको हो ।
समितिमा सुमनकुमार चौधरी, नवलकिशोर यादव, सत्यनारायण मेहता, भुवनेश्वर यादव, डा.महादेवप्रसाद देव, सूर्यनारायण यादव, शितलप्रसाद यादव, विमलप्रसाद साह, डा.दिलिपकुमार यादव, सदानन्द सिंह, शारदाप्रसाद ब्रजाचार्य, सत्यनारायण मण्डल, विजयकुमार मण्डल, श्याम यादवलगायतका छन् ।
त्यस्तै संगठन विभागको प्रमुखमा लालबाबु राउत र उपप्रमुखमा लाक्पा शेर्पा, अन्तराष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा अर्जुन थापा र उपप्रमुखमा रेणुका सिंहलाई जिम्मेवारी तोकेको छ । प्रचार प्रसार तथा प्रकाशन विभागको प्रमुखमा पूर्णबहादुर बस्नेत र उपप्रमुखमा शम्भु झा, महिला विभागको प्रमुखमा प्रमिला यादव र उपप्रमुखमा शशी लिङदेन, स्वास्थ्य तथा जनससंख्या विभागको प्रमुखमा डा.सुरेन्द्र यादव, उपप्रमुखमा डा.अब्दुल कलाम अन्सारीलाई जिम्मेवारी दिएको छ ।
सामाजिक सेवा तथा गैरसरकारी संस्था विभागको प्रमु्खमा विनिता यादव र उपप्रमुखमा विणा सिन्हा, कृषि तथा भूमि व्यवस्था विभागको प्रमुखमा सञ्जय सिंह र उपप्रमुखमा मालामति राना थारु, वन वातावरण तथा विपद व्यवस्थापन विभागको प्रमुखमा चन्देश्वर पासवान, सहकारी तथा गरिबी निवारण विभागमा प्रमुखमा उदयकान्त मिश्र, उपप्रमुखमा रामबहादुर जाग्री, बौद्धिक पेशाकर्मी तथा ट्रेड युनियन विभागको प्रमुखमा हेमचन्द्र महतो, उपप्रमुखमा प्रचण्ड पौडेल, शिक्षा विभागको प्रमु्खमा योगन्द्र यादव र उपप्रमुखमा अन्जेस दाहाल तथा उद्योग वाणिज्य तथा आपूर्ती विभागको प्रमुखमा लक्ष्मण गुरुङलाई जिम्मेवारी तोकेको छ ।