जनकपुरधाम ।
संसदीय मामिला पत्रकार समाज जनकपुरधामको अध्यक्षमा पत्रकार बिरेन्द्र रमण चयन भएका छन् । नेपाल पत्रकार महासंघ धनुषाको अगुवाईमा एक भेला गर्दै समाजको कार्यसमिति पत्रकार रमणको अध्यक्षतामा पुनर्गठन गरिएको हो ।
११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा हद्दिश खुद्दार, सचिवमा विकास साह, सह–सचिवमा कमलेश ठाकुर, कोषाध्यक्षमा लक्ष्मी चौधरी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा नविन सिंह, राजा झा, माला राय, चाँदनी झा, संजय साह र संजय यादव चयन भएका हुन् ।