Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत हुने भारत–पाकिस्तानबीचको म्याचको टिकेट केही मिनेटमै बिक्यो





एजेन्सी ।
आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को भारत र पाकिस्तानबीचको खेलको टिकट केही मिनेटमै बिक्री भएको छ । हाइब्रिड मोडलमा हुने प्रतियोगितामा भारत र पाकिस्तानबीचको खेल यही फेब्रअरी २३ मा दुबईमा हुने छ ।
टिकटको सबैभन्दा कम मूल्य १२५ दिर्हाम अर्थात् भारतीय मुद्रामा २९६४ रुपैयाँ थियो । जहाँ प्रिमियम लाउन्जको मूल्य ५ हजार दिरहाम भारतीय मुद्रामा १ लाख १८ हजार रुपैयाँ थियो ।
पाकिस्तान प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । २०१७ च्याम्पियन्स ट्रफीमा पाकिस्तानले फाइनलमा भारतलाई हराएर उपाधि जितेको थियो । प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, बंगलादेश र न्युजिल्यान्ड छन् । समूह बी मा अष्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान रहेका छन् ।
सबै टोलीले समूहमा ३–३ लिग खेल खेल्नेछन् र शीर्ष ४ टोली सेमिफाइनलमा पुग्नेछन् । यदि भारतीय टोली सेमिफाइनल वा फाइनलमा पुग्यो भने खेलहरू दुबईमा हुनेछन् । भारत–पाकिस्तान खेल अघि भारत बंगलादेशसँग भिड्नेछ, जुन खेल २० फेब्रुअरीमा हुनेछ ।