Breaking 
बन्दी मुक्त नगरे हमासविरुद्धको आक्रमण सुरु गर्ने इजरायलको चेतावनी | सिमेन्टको मूल्यबृद्धि विरुद्ध मधेसका प्रदेशसभा सदस्य रहवर अन्सारीले दायर गरे सर्वोच्चमा रिट | विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता |

भारतीय प्रधानमन्त्री मोदीले महाकुम्भमा पुगेर गरे संगममा स्नान





एजेन्सी ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रयागराजस्थित महाकुम्भमा पुगेर संगममा स्नान गरेका छन् । डुबकी लगाउँदा उनको हात र घाँटीमा रुद्राक्षको माला थियो ।
त्रिवेणी संगममा डुबकी लगाएपछि मोदीले गंगामा रुद्राक्ष माला लगाएर जप गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मोदीसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि साथमा थिए ।
अमृत स्नानपछि गत साता भएको भागदौडपछि प्रधानमन्त्रीको भ्रमण रद्द हुन सक्ने अनुमान गरिएको थियो । तर उनको महाकुम्भ भ्रमण निर्धारित कार्यक्रम अनुसार नै भएको समाचारमा उल्लेख छ ।
एक दिनअघि मात्र भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले संगममा स्नान गरेका थिए ।