Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

सुनको मूल्य २ हजार २ सयले बढ्यो





काठमाडौँ ।
नेपाली बजारमा बुधबार पनि सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य बुधबार तोलामा २ हजार २०० रुपैयाँ बढेको हो ।
जसअनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ६६ हजार ९०० रुपैयाँ पुगेको छ । मंगलबार सुन तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार पनि अघिल्लो दिनको तुलनामा सुनको मूल्य वृद्धि नै भएको थियो ।
यसैगरी बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।