Breaking 
विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित | नयाँ दिल्ली रेलवे स्टेसनमा १८ जनाको ज्यान जानेगरी भएको भागदौडपछिका तस्बिरहरु | पोखरामा भएको बेलुन विस्फोट घटना अनुसन्धान गर्न ८ सदस्यीय छानवीन समिति गठन | फागुन ११ अगाडी अध्यादेशहरु संसदमा पेश नगरिने लगभग निश्चित | सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ? | स्टार बलरहरुबिना च्याम्पियन्स ट्रफी, चोटले परेशान भारतीय र अष्ट्रेलियन टोली | झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला | सुनको मूल्य २ हजार ७ सयले घट्यो | निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय | बाराको सुधारकेन्द्र अनुशासनिक कारबाही अस्वीकार गरेपछि भएको कुटपीटमा परेर मण्डलको मृत्यु भएको खुलासा |

अमेरिकी डलरको भाउ घट्यो, विदेशी मुद्रा अन्यको मूल्य कति ?

। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ६२ पैसा कायम भएको छ ।





काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ६२ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज घटेको हो ।

युरोपियन युरो एकको खरिदर १४३ रूपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रूपैयाँ १४ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा यूरोको मूल्यमा वृद्धि भएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रूपैयाँ ६० पैसा र बिक्रीदर १७३ रूपैयाँ ३५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १५३ रूपैयाँ ६१  पैसा कायम गरिएको छ । युके पाउन्ड स्ट्रलिङ र स्वीस फ्र्याङ्क दुवैको मूल्य बढेको केन्द्रीय बैंकले निर्धारण गरेको विनिमयदरमा उल्लेख छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रूपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रूपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ४९ पैसा र बिक्रीदर १०२ रूपैयाँ ९३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रूपैयाँ ९६ पैसा र बिक्रीदर आठ रूपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १७ पैसा र बिक्रीदर १९ रूपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रूपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ १३ पैसा र बिक्रीदर ३८ रूपैयाँ ३० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ११ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २८ पैसा र बिक्री दर ३१ रूपैयाँ ४२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५५ पैसा र बिक्रीदर नौ रूपैयाँ ५९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ५८ पैसा र बिक्रीदर १२ रूपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ २४ पैसा र बिक्री दर १९ रूपैयाँ ३२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १७ रूपैयाँ ९३ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ०४ पैसा र बिक्रीदर ४५१ रूपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३७० रूपैयाँ ३४ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रूयैयाँ ०९ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ६५ पैसा निर्धारण भएको छ । यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको  छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।