जनकपुरधाम ।
धनुषाको गणेशमान चारनाथमा दुई वटा मोटरसाइकल ठोक्किँदा ४ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ मा पूर्वतर्फ जाँदै गरेको ज१३प १०२९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको ज८प ७३०७ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा ४ जना घाइते भएको धनुषाका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।
सिंहका अनुसार घाइते हुनेमा ज १३ प १०२९ नम्बरको मोटरसाइकलका चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ का २६ वर्षीय महादेव यादव र पछाडि सवार २२ वर्षीय सुदीपकुमार यादव रहेका छन् । यसैगरी ज ८ प ७३०७ नम्बरको मोटरसाइकलका चालक सिराहाको कल्याणपुर नगरपालिका–६ का २३ वर्षीय अफ्ताब राइन र पछाडि सवार गणेशमान चारनाथ नगरपालिका–२ का २५ वर्षीय नसालुन राइन घाइते भएका छन् ।