काठमाडौँ ।
सहारा सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । लामिछानेसहित ३२ जनाविरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा अदालतमा मुद्दा दर्ता भएको हो ।
अनुसन्धानबाट गोरखा मिडियासहितका कम्पनीहरूमा ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँ अपचलन भएको देखिएको छ । गोरखा मिडियामा सहारा बचतबाट १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ अपचलन भएको अनुसन्धानबाट देखिएको प्रहरीको भनाई छ ।