Breaking 
बृहत्तरका अध्यक्ष शितल साह पक्राउ, कर्मचारीलाई किर्ते हस्ताक्षर गरी बर्खास्त गरेको आरोप | कांग्रेस सभापति देउवाले भने– अरुले भनेर अवकाश बारे निर्णय लिने होइन | रेलमा ठोक्किएर एक जनाको मृत्यु | १५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान | सर्वोच्चमा ३ न्यायाधीश नियुक्त | धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारी, अधिकृत रामलोचन मंडलसमेत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा | निधि भर्सेज महासेठ दम्पत्ति | विपक्षी दलले आजपनि गरे मधेस प्रदेशसभाको बैठक अवरुद्ध | पूर्वराजा ज्ञानेन्द्रले भने– अहिले नेपाल र नेपालीकालागि प्रार्थना गर्ने समय हो | अमेरिकाक सभसँ बडका हतियार ‘डलर’केँ वैश्विक मुद्रा बनएकेँ इतिहास |

अमेरिकास्थित युएसएडको मुख्यालय बन्द





काठमाडौं ।
अमेरिकाको अन्तर्राष्ट्रिय सहयोग निकाय (यूएसएड)को मुख्यालय बन्द भएको छ । विभिन्न अमेरिकी मिडियाहरुको समाचारहरुलाई साभार गरेर रुसी विश्व च्यानल आरटीले उल्लेख गरे अनुसार वासिङटन डीसीमा रहेको युएसएडको मुख्यालय बन्द गरिएको हो ।
रोनाल्ड रेगन भवनमा रहेको मुख्यालय फेब्रुअरी ३ अर्थात सोमबारबाट बन्द भएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएसएडका नेतृत्वलाई ‘अतिवादी पागलहरु’ भनेको तथा एलन मस्कले ‘अपराधिक संगठन’ उपमा दिएको केही समयमै मुख्यालय बन्द भएको खबर सार्वजनिक भएको हो ।
सन १९६१ मा स्थापना भएको यूएसएडलाई अमेरिकी करदाताहरुको रकमको दूरुपयोग गरेको आरोप लाग्दै आएको छ । कतिपय यूएसएडका पूर्व अधिकारीहरुले यसलाई सीआईएको फ्रन्ट अर्गनाइजेसन भन्दै यसमा तलदेखि माथीसम्म सीआईएको मिसमास हुने सार्वजनिक रुपमा बताइसकेका छन् ।
यूएसएडका ६०० कर्मचारीहरुको एजेन्सीको कम्युटर प्रणालीबाट बन्द गरिएको पाइएको छ । यस अगाडि नै ट्रम्पले अमेरिकाले दिने वैदेशिक सहयोग ९० दिनसम्म बन्द हुने घोषणा गरिसकेका छन् ।
यूएसएडका उच्च अधिकारीहरुलाई ‘अतिवादी पागलहरु’ भनेका ट्रम्पले यूएसएडबारेमा थपेका थिए, ‘हामी उनीहरुलाई निकाल्छौं । र, त्यसपछि निर्णय लिन्छौं ।’